Comments Add Comment

गुल्मीमा केही खुकुलो बनाएर ७ दिन थपियो निषेधाज्ञा

१ असार, गुल्मी । गुल्मीमा एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्ऽको बैठकले असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर केही घटेसँगै केही खुकुलो बनाएर निषेधाज्ञा थप गरिएको छ ।

खाद्य पसलहरु र बैंकहरुलाई दैनिक ३ घण्टामात्रै सञ्चालन गर्न अनुमति दिइएकोमा अहिले ४ घण्टा खोल्न दिइने निर्णय भएको छ ।

निषेधाज्ञाका अवधिमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु, एग्रोभेट, बिहान ७ देखि ११ बजेसम्म खोल्न पाइनेछ । यसअघि १० बजेसम्म मात्रै समय तोकिएको थियो ।

त्यस्तै बाणिज्य बैंक तथा विकास बैंक -बिमा कम्पनी, वित्तीय संस्था तथा सहकारी संस्था बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक टरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल भने जुनसुकै समय खुला रहनेछन् ।

तोकिएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र भने बन्द रहने निर्णय भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन । निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक नागरिकलाई घरबाहिर ननिस्कन उनले आग्रह गरेकी छन् ।

जिल्लामा कोभिडको दोस्रो लहरबाट ४१२ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

कोरोना संक्रमणका कारण जिल्लामा ८९ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म २ हजार ५०७ जना संक्रमित निको भएर घर फर्केको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment