+

स्पेन र स्वीडेनले खेले गोलरहित बराबरी

२०७८ असार  १ गते ८:१२ २०७८ असार १ गते ८:१२
स्पेन र स्वीडेनले खेले गोलरहित बराबरी

१ असार, काठमाडौ । युरोकप २०२० अन्तर्गत समूह इ को खेलमा स्पेन र स्वीडेनले बराबरी खलेका छन् ।

घरेलु मैदान स्टाडिओ डे ला कार्टुजामा भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

अहिले भइरहेको १६औं संस्करणको युरोकपमा यो पहिलो गोलरहित बराबरी हो ।

जर्मनीसँगै सर्वाधिक ३ पटकको च्याम्पियन स्पेनले बराबरीबाट प्रतियोगिता सुरुआत गरेको छ । स्पेन र स्वीडेनले समान १ अंक जोडेका छन् ।

यस समूहको पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २-१ ले पराजित गर्दै ३ अंक जोडेको छ ।

युरोकप स्पेन स्वीडेन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय