Comments Add Comment

कोरोना खोप माग्दै रेष्टुरेन्ट व्यवसायीले बुझाए स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

१ असार, काठमाडौं । रेष्टुरेन्ट व्यवसायीले आफ्ना मजदुरका लागि कोरोना खोप माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका छन् । लकडाउनले आर्थिक मारमा परेको रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा झनै समस्या भएको भन्दै व्यवसायीहरुले स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

‘कोरोनाले रेष्टुरेण्ट व्यवसाय तथा यसमा आवद्ध श्रमिकहरु विशेष मारमा परेको र जीवनयापन गर्न असहज वातावरण सिर्जना भएको जानकारी गराउँदै उनीहरुको हकहित र सुरक्षाका लागि सम्पूर्ण श्रमजीवीलाई यथाशीघ्र प्राथमिकतामा राखेर कोभिड खोप उपलब्ध गराउन माग गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख छ ।

स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन समूहका संस्थापक वसन्त लामाले भने, ‘गत वर्षदेखि नै हामी लकडाउनको मार खेपिरहेका छौं । त्यसमाथि हाम्रा श्रमजीवीले समयमै खोप नपाउँदा हाम्रो व्यवसाय र लाखौं मानिसको जीवन असुरक्षित भएको छ ।’

विभिन्न उमेर समूह र फ्रन्टलाइनरले खोप पाउँदा मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान गर्ने रेष्टुरेण्ट क्षेत्रलाई भने ओझेलमा पारिएको भन्दै उनीहरुले गुनासो गरेका छन् । ‘हाम्रा श्रमजीवीले समयमा खोप नपाउँदा हाम्रो व्यवसायसँगै मजदुर र करोडौं उपभोक्ताको पनि जीवन जोखिममा परेको छ,’ व्यवसायी पासाङ घिसिङले भने ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री तामाङले अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई खोपको विशेष प्राथमिकतामा राखिने बताए । ‘पहिलो चरणमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर समूह र फ्रन्टलाइनरलाई खोप लगायौं । अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिनेछ,’ मन्त्री तामाङले भने ।

होटल तथा रेष्टुरेण्ट क्षेत्रमा ६ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment