+
+
Shares

संस्कृति विगार्ने तीज गीत सार्वजनिक नगर्न प्रतिष्ठानको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते १४:३९

सामान्य अवस्थामा यतिबेला तीज गीतको रेकर्डिङ र छायांकन धमाधम चलिरहेको हुन्थ्यो । तर, कोरोना भाइरसको दोस्रो लहर आएसँगै गरिएको निषेधाज्ञाका कारण यसवर्षको माहोल फरक छ । केही सिमित गायक–गायिकाहरुले तीज गीत रेकर्ड गराएका छन् । सुटिङका लागि माहोल बनिसकेको छैन ।

तीजमा गीत सार्वजनिक गर्दा कलाकारहरुले यसको मौलिकतामा ध्यान नपर्याउँदा विकृती भित्रिएको गुनासो सुन्न थालिएको लामो समय भैसकेको छ । तर, केही श्रष्टाहरुको रातारात भाइरल हुने मोहका कारण तीजमा उच्छृङखल गीतको बाढी नै आएको छ भन्दा फरक नपर्ला ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले त्यस्ता तीज गीत नल्याउन हरेक वर्ष अनुरोध गर्दै आएको छ । तर, प्रतिष्ठानको आग्रहलाई केही कलाकारले सुनेको नसुने झै गरिरहेका छन् ।

यसवर्ष पनि तीज गीतका नाममा संस्कृति बिगार्ने खालका गीत संगीत प्रस्तुत नगर्न प्रतिष्ठानले अनुरोध गरेको छ । प्रतिष्ठानले मंगलबार एक अपिल सार्वजनिक गर्दै त्यस्तो अनुरोध गरेको हो ।

‘कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसङ्गति, अभद्र श्रव्यदृश्यहरुप्रति समस्त दर्शक स्रोताहरुको गुनासो वर्षेनी आईरहने हुँदा यसवर्ष पनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ध्यानाकर्षण भएको छ’ सार्वजनिक अपिलमा भनिएको छ –‘तसर्थ सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रृव्यदृश्य निर्माणकर्ता एवं वितरकहरुमा सामाजिक सद्भावमा खलल पुर्याउने एवं अभद्र र नियतवश द्धिअर्थी अपाच्य शब्द सामाग्री प्रयोग गरि संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगरिदिनुहुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौं ।’

नेपाली मौलिक लोकगीत संगीत अन्तर्गत पर्व गीत विशेष तीज गीतलाई हाम्रो संस्कृतिको अर्को महत्वपूर्ण गीतको रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?