Comments Add Comment

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

फाइल तस्वीर

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबार बसेको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो ।

सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमालेका तीन प्रदेशसभा सदस्य, जो मन्त्री पनि छन्, उनीहरु नीति तथा कार्यक्रमको पक्षमा उभिएका छन् ।

एमालेले आफ्ना सांसदहरु विपक्षी रोमा बस्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिनुका साथै नीति तथा कार्यक्रमको विपक्षमा मत दिन ह्वीप जारी गरेको थियो ।

तर तीन मन्त्री त्यसमा तयार भएनन् । ‘दलको बैठकका जस्तोसुकै निर्णय गरोस्, हामी सरकारले ल्याएको नीति तथा कार्यक्रम पास गराउँछौं, हामी सरकारको पक्षमै मतदान गर्छौं,’ भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापाले भने ।

मंगलबारको बैठकमा संसदीय दलका नेता यामलाल कँडेलले बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यताका कारण संसद सञ्चालनमा सहयोग गर्ने घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस पुनर्बहाली भएका कर्णालीका चार सांसद एमालेमा फर्किए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment