Comments Add Comment

लक्ष्मी बैंकको युरो कप योजना

युरो कप २०२० को उमङ्गमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ-वान सफ्टसँग मिली प्रेडिक्ट एन्ड विन क्याम्पेन ल्याएको छ । यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखी सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबिपिएस को १ वर्ष अवधिको ईन्टरनेट सस्क्रिप्सन निःशुल्क पाउन सकिनेछ ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सकिन्छ ।

मोबाईल मनी को ‘फोन-पे डैरेक्ट’ वा अन्तर बैंक नगद ट्रान्स्फरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिनेछ ।

क्यम्पेनको अवधिपछी युरो कप विजेता देशको सही अनुमान गर्नुहुने ग्राहकमध्येबाट लक्की ड्रमार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ । विजेता ग्राहकहरुले १ वर्षको इन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउनुहुनेछ । जति धेरै पटक नगद ट्रान्सफर गर्नुहुन्छ, त्यति नै धेरै जित्ने मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment