
२ असार, काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री एवंम पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटर स्वास्थ्य लाभको कामना गरेका छन् ।
केही दिनदेखि अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएका नेता खनाललाई महासचिव पोखरेलले बुधबार अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
नेता खनाललाई आजै थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने लागिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4