Comments Add Comment

साउथका व्यापारीको प्रेममा ज्याकलिन

बलिउड नायिका ज्याकलिन फर्नान्डेजको नाम नायक सलमान खानसँग बेला–बेलामा जोडिने गरेको छ । गतबर्षको लकडाउनमा सलमानको फार्म हाउसमा नै ज्याकलिनले समय बिताएकी थिइन् । सलमानसँग नाम जोडिएपनि उनीहरु प्रेममा रहेको खबर पुष्टी भनेको हुन सकेको थिएन ।

यसैविच, नायिका फर्नान्डेज साउथका एक व्यापारीको प्रेममा रहेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् ।

ज्याकलिन चाडै नै आफ्ना प्रेमीसँग मुम्बईमा एकसाथ बस्ने तयारीमा समेत छिन् । मिडिया रिपोर्टका अनुसार, ज्याकलिनले केही महिनादेखि जुहु इलाकामा घर खोजिरहेकी थिइन् । अब, उनले घर पाएकी छिन् र अहिले यसको सज्जावटको काम चलिरहेको छ । मिडिया रिपोर्टका अनुसार, ज्याकलिन आफ्ना प्रेमीको साथमा भिडियोको माध्यमबाट कुराकानी गरिरहन्छिन् ।

साउथका व्यापारीको नाम भने सार्वजनिक भएको छैन । तर, श्रीलंकाकी यी सुन्दरी प्रेममा निकै नै गम्भिर रहेको पनि बताइएको छ ।

घरको आन्तरिक डिजाइनका लागि फ्रान्सको एक चर्चित कम्पनीलाई जिम्मा दिइएको मिडियामा उल्लेख छ । ज्याकलिनले अभिनय गरेको ‘पानी पानी’ बोलको गीत पछिल्लो समय निकै हिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment