Comments Add Comment

ज्ञानेन्द्र शाहीले पत्रकार धम्क्याएकोमा महासंघको विरोध

२ असार, काठमाडौं । ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्की दिएकामा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

समाचारको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्क्याएको भन्दै महासंघले विरोध जनाएको हो ।

केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको थियो । सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको ‘वाइलाइन’ कार्यक्रम अन्तर्गत समाचार सामग्री प्रसारण भएपछि शाहीले असार १ गते आफूहरुलाई धम्क्याएको पीडित पत्रकारले बताएका छन् ।

प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम भएको महासंघले बताएको छ ।

महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गरी घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment