+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

१४३ किलोग्राम अवैध गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ  

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते १३:१०

३ असार, काठमाडौं । कन्टेनर गाडीमा रहेको १४३.३ किलोग्राम अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको उक्त परिमाणको गाँजासहित तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्सेका २८ वर्षीय सनकबहादुर तामाङ, गाडीका सहचालक सोही नगरपालिका–८ मानेश्वराका २४ वर्षीय सोमे तामाङ र गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ गल्छराङका १८ वर्षीय किशोर रहेका छन् ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनर गाडीमा लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा चालक बस्ने सिट पछाडि फल्स बटम बनाई गाँजा ल्याएको फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?