Comments Add Comment

मेलम्चीमा डुवान परेको क्षेत्रमा नजान स्थानीयलाई आग्रह

३ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा बुधबार डुवान भएको क्षेत्रमा नजान प्रहरीले स्थानीय वासिन्दालाई आग्रह गरेको छ ।

मंगलबार पहिरो गएको क्षेत्रमा फेरि पानी परेको र नदीमा बाढी आउन सक्ने भन्दै प्रहरीले सुरक्षित स्थानमा जान आग्रह गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागले पनि पानी पर्ने अनुमान गरेकाले मेलम्ची बजारको तटीय क्षेत्रमा गएका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उनको भनाइ छ ।

पानी पर्न छाडेपछि स्थानीय वासिन्दा डुवानमा परेको आफ्नो घर भएको ठाउँमा जान थालेका थिए । तर प्रहरीले अहिले नजान आग्रह गरेको छ ।

मंगलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ नाकुत्ते भन्दा ५०० मिटर माथि पहिरो जाँदा मेलम्ची नदीमा बाँध बनेको र पछि उक्त बाँध फुट्दा ठूलो बाढी आएको थियो । बाढीले हेलम्बु र मेलम्ची नगरपालिकामा भएको डुवानले जनधनको क्षति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment