+
+
Shares

दराजको ‘बैंक डेज अफर’मा थप ३ बैंक समावेश, अनलाइन पेमेन्ट गर्दा १५ प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते २०:४३

३ असार, काठमाडौं । दराजको ‘बैंक डेज अफर’मा थप ३ बैंक समावेश भएका छन् । दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी आज बिहीबारदेखि बैंक डेज अफर पुनः सुरु गरेको जनाएको छ ।

अफरमार्फत ग्राहकले कार्ड प्रि पेमेन्ट गरेमा १५% रु ५०%सम्मको छुट पाउन सक्ने पनि दराजले जनाएको छ । यी बैंकहरु दराजका ४ अन्य साझेदार बैंकहरू– सानिमा बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक, र स्टान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ । दराज बैंक डेजमार्फत ग्राहकहरू हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छुटको मजा लिन सक्नेछन् ।

माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डबाहकहरूले हरेक बिहीबार दराज एपमार्फत विभिन्न छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?