+
+

राहत वितरणमा राजनीति प्रवेश गरेको देख्दा दुःख लाग्योः मिलन चाम्स

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते १२:०५

निर्देशक मिलन चाम्सले मेलम्चीमा बाढी पहिरोका कारण प्रभावित भएका बासिन्दाहरुलाई राहत वितरण गर्दा राजनीति प्रवेश गराइएको भन्दै दुःख व्यक्त गरेका छन् । मिलन चाम्ससहितका केही चलचित्रकर्मीले बिहिबार सिन्धुपाल्चोक पुगेर सहयोग वितरण गरेका थिए ।

मिलनले मेलम्चीको अवस्था हेर्दा युद्ध भूमी जस्तो देखिएको भन्दै जनताहरु अझै त्रासमा जीवन जिउन विवश भएको उल्लेख गरेका छन् । उनले, अर्को ठूलो भेल फेरि आउला भन्ने डरले जनताहरु बसिरहेको भन्दै यस्तै अवस्था अन्य स्थानमा पनि भएको बताएका छन् । उनले, यस्तो अवस्थामा सबै मिलेर दुःखमा साथ दिन आग्रह गर्दै राजनीति प्रवेश नगराउन आग्रह गरेका छन् ।

चाम्सले लेखेका छन्–‘मेलम्चीमा राहतमा पनि राजनीति घुसाइएको जन गुनासो सुन्दा दुःख लागेर आयो । हाम्रो टिम त्यहाँ पुग्दा झगडाको नजिक पुगेर नारा जुलेस भैरहेको थियो भने पीडितहरुमध्ये धेरैले बिहिबारसम्म पनि राहत पाएका थिएनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?