+
+
Shares

निषेधाज्ञाका कारण ‘जुठे’को प्रशारण रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते १२:१५

निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण रोकिने भएको छ । निषेधाज्ञाको समयमा पनि प्रशारण भईरहेको टेलिसिरियलको प्रशारण अब रोक्नुपर्ने अवस्थामा पुगेको निर्माण टिमले जनाएको छ ।

‘अहिलेसम्मका लागि निषेधाज्ञा अघि खिचेको स्टक भागले चलिरहेको थियो । हामीले गाउँमा गएर छायाँकन गर्दै आएका थियौं । अहिले छायाँकनको माहोल छैन्’ टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार मरिचमान श्रेष्ठले भने, ‘छायाँकन असंभव भएका कारण आगामी साता प्रशारण रोक्ने निर्णयमा पुगेका छौं ।’ निषेधाज्ञा खुकुलो भएसँगै छायाँकन गरेर प्रशारणमा ल्याइने उनले बताए ।

टेलिसिरियलले उठाएको विषयवस्तुमा दलित समुदायका केही अभियन्ताले गुनासो समेत गरेका थिए । मरिचमान सो गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा ‘जुठे’लाई थप परिस्कृत गरेर लैजाने बताए ।

‘जुठे’ हिमालय टेलिभिजनबाट बुधबार बेलुकी ८ बजे प्रशारण हुँदै आएको थियो । मरिचमान र राजु पौडेलको संयुक्त लेखत एवं निर्देशन रहेको टेलिसिरियलमा यी दुईका साथ रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा लगायतका कलाकारको अभिनय छ । सिरियललाई राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्दै आएका थिए भने रविन भट्टले सम्पादन गर्दै आएका थिए ।

सामाजिक विषयवस्तुमा निर्माण हुँदै आएको टेलिसिरियलले प्रशारण शुरु गरेको छोटो समयमै लोकप्रियता कमाएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?