Comments Add Comment

प्रसुति गृहबाहिर सडकको बेहाल

४ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्यकर्मी, गर्भवति, सुत्केरी, बिरामी र उनीहरुका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ । तर, प्रसुति गृह आसपासका सडक भने न सवारी चल्न लायकको छ, न मान्छे हिँड्न सक्ने खालको नै ।

नर्भिक हस्पिटल समेत रहेको यही सडकमा सानो झरी पर्नासाथ हिलोको साम्राज्य खडा हुन्छ । त्यसैले यो सडकको हालत खराब छ । बिग्रिएको सडक बनाउन लामो सयमदेखि बेवास्ता गरिँदैछ ।

आसपासका स्थानीय व्यवसायीलाई पनि सडकमा निस्कन मुस्किल छ । स्थानीय चण्डेश्वरी श्रेष्ठ सडक हिलाम्मे र चिप्लो हुँदा अस्तपाल आउने बिरामीदेखि औषधि किन्न हिँडेकाहरु समेत समस्यमा परिरहेको बताउँछिन् । ‘हामीलाई त यहाँ बस्न नै गाह्रो भइसक्यो,’ उनी भन्छिन्,’घाम लाग्दा धुलोले दुःख दिन्छ, पानी परेपछि हिलोले ।’

सडकमा ठूला खाल्डो परिएको छैन । साना सवारी साधन ठाउँ-ठाउँमा फस्ने गरेका छन् भने मोटरसाइकल समेत चिप्लिने गरेका छन् । यसले दुर्घटनाको भय पनि बढाएको छ । सडकमा यात्रा गर्न निकै सास्ती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शंकर गिरी

ट्रेन्डिङ

Advertisment