Comments Add Comment

कञ्चनपुरमा २६ लाखको अवैध केराउ बरामद

४ असार, धनगढी । कञ्चनपुरमा प्रहरीले झण्डै २६ लाख रुपैयाँ बराबरको अवैध केराउ बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ९आरआईटी०, जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले बेलौरी नगरपालिका–२ स्थित भारतीय सीमा क्षेबाट भन्सार छली गरेर ल्याएको ६ सय ६० कठ्ठा केराउ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सुदूरपश्चिम प्रदेश ०१–००२ त ४७०९ र से १ त ५४६५ नम्बरको ट्याक्टरमा लोड गरेर ल्याएको अवस्थामा २५ लाख ९० हजार रुपैयाँ बराबरको केराउ बरामद गरिएको जानकारी दिए ।

बेवारिसे अवस्थामा भेटिएको केराउ आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । कैलाली र कञ्चनपुरका सीमा नाकाबाट ठूलो परिणाममा केराउ तस्करी हुने गरेको प्रहरीले बताउँदै आएको छ ।

गत वर्ष धनगढी उपमहानगरपालिकाको जुगेडामा अस्थायी प्रहरी पोष्टका इन्चार्जसहित दुई जना प्रहरीको हत्या गरिएको थियो । केराउ तस्करी रोक्न खोज्दा नै प्रहरीको हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment