Comments Add Comment

नाइजेरियामा एउटा स्कुलका पाँच शिक्षक र ८० विद्यार्थीको अपहरण

४ असार, काठमाडौं । नाइजेरियाको केबी राज्यमा हतियारधारी समूहले एउटा स्कुलमा आक्रमण गरी पाँच शिक्षक र कम्तीमा ८० विद्यार्थीलाई अपहरण गरेको छ ।

उक्त समुहको आक्रमणमा एक प्रहरी जवानको पनि मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ । केबी राज्यको विकट बिर्निन यौरीमा रहेको एक सरकारी स्कुलमा उक्त आक्रमण भएको हो ।

स्कुलका एक शिक्षक उस्मान अलियूले उक्त समुहले ८० भन्दा धेरै विद्यार्थी अपहरण गरेको बताएका छन् । उनका अनुसार अपहरणमा परेकामध्ये अधिकांश छात्राहरु छन् । उक्त समुहले एक प्रहरीको हत्या गर्दै गेट फोरेर भित्र पसी सरासर कक्षाकोठामा प्रवेश गरेको उनको भनाइ छ ।

नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा पहिलो तीन सातामा तेस्रोपटक ठूलो संख्यामा मानिसहरु अपहरणमा परेका हुन् । यो क्षेत्रमा आपराधिक समुहले ठूलो संख्यामा मानिसहरु अपहरण गरेर फिरौती उठाउने गरेको छ ।

केबीको प्रहरी प्रवक्ता नाफिउ अबुबाकरका अनुसार यो घटनामा एक विद्यार्थीलाई पनि गोली लागेको छ । अहिले उनको उपचार भइरहेको छ । उनका अनुसार अहिले हराएका विद्यार्थीहरुलाई नजिकैको जंगलमा खोज्ने काम भइरहेको छ ।

गत डिसेम्बरयता नाइजेरियामा आपराधिक समुहले ८०० भन्दा धेरै विद्यार्थीहरुलाई विद्यालयबाटै अपहरण गरिसकेका छन् । जसमध्ये केही रिहा भएका छन् भने अन्य विद्यार्थीहरु अझै बेपत्ता छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment