Comments Add Comment

मेलम्चीको बाढीले दुईवटा विद्यालयको भवन बगायो

४ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले एउटा सामुदयिक र एउटा नीजि गरी दुईवटा विद्यालयमा क्षति पुर्‍याएको छ ।

मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा रहेको तेर्से माध्यामिक विद्यालयमा आंशिक र हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको इस्ट पोइन्ट एकेडेमीमा पूर्ण रुपमा बाढीले क्षति पुर्‍याएको छ ।

यस्तै हेलम्बु गाउँपालिका-४ मा रहेका निजी विद्यालय इस्ट पोइन्ट एकेडेमीको भवन बाढीले बगाएको हो । विद्यालयको दुईवटा भवनमध्ये एउटा बगाएको र अर्को आधा भाग बगाएर आधा बाङ्गो अवस्थामा पुर्‍याएका प्रधानाध्यापक दामोदर भारतीले जानकारी दिए । विद्यालयको भवन राति १० बजे बगाएको भारतीले बताए ।

उनले भने ‘विद्यालयको कागजपत्र बाहेक केही पनि बचाउन सकिएन । कोभिडको कारण होस्टलमा बस्ने बालबालिका पनि घरमा भएकोले अलि केही राहत मिलेको छ ।’

विद्यालयमा गत वर्ष ५५० जना भर्ना भएका थिए । कोभिड भन्दा अगाडी विद्यालयमा विभिन्‍न जिल्लाका करिब ७० जना बालबालिका बस्ने गरेका थिए ।

प्रधानाध्यापक दामोदरका अनुसार विद्यालयमा अहिले १० जना हेलम्बु बाहिरका शिक्षकहरु बसिरहेका थिए । विद्यार्थीको भर्ना अभियान र अनलाईन कक्षाका लागि बसिरहेका शिक्षकहरु अहिले अभिभावकको घरमा शरण लिई बसिरहेको बताए ।

मेलम्ची नगरपालिकाको तालामाराङमा रहेको तेर्से माध्यामिक विद्यालयको चारवटा कक्षा कोठा र शौचालय बगाएको छ प्रधानाध्यापक कृष्ण ढुंगानाले जानकारी दिए ।

राति १२ बजे आएको बाढीले विद्यालयको भवन बगाएको र अहिले खोलाले विद्यालयतर्फ नै मोड लिइरहेकोले कत्ति बेला के हुन्छ भन्न नसकिने अवस्था रहेको बताए ।

प्रधानाध्यापक ढुंगानाले भने, ‘विद्यालयको जरुरी कागजपत्र घरमा लगेर राखेको छु । अरु सामान राख्न मिल्ने ठाउँ छैन । केही समाना सारिएको छ । अरु चाँहि विद्यालयको कुना पट्टिको भवनमा सारिएको छ ।’

विद्यालयमा गतवर्ष ६५१ जना भर्ना भएका थिए । यसपटक भर्ना अभियान शुरु हुँदै गर्दा बाढीले क्षति पुर्‍याएको छ ।यी दुवै विद्यालयमा असार १ गतेदेखि सुरु भएको नयाँ शैक्षिक सत्रबाट भर्ना अभियान शुरु भएको थियो ।

असार १५ देखि विद्यार्थीलाई सिकाइसँग जोड्ने तयारी गरिरहेका यी विद्यालयमा अन्योल छाएको छ । विद्यालयको क्षतिले विद्यार्थीलाई मनोवैज्ञानिक असर पुग्न सक्ने जोखिम बढेको इस्ट पोइन्ट एकेडेमीका प्रधानाध्यापक दामोदर भारती बताउँछन् ।

उनी भन्छन् ‘हाम्रा विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्ला भन्ने डर लाग्न थालेको छ । हामीलाई तत्काल सहयोगको खाँचो छ । सरकारले विद्यार्थीको भविष्य हेरेर सहयोग गर्छ भन्ने अपेक्षा छ ।’र्से माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगाना विद्यालयको बाँकी रहेको भवन कत्ति बेला लैजाला भन्ने अवस्था भएको बताए ।

‘खोलाले विद्यालयतिरै गहिराई बनाइरहेको छ । भवन कत्तिबेला बगाउने हो थाह छैन ।’ प्रधानाध्यापक ढुंगाना भन्छन् ‘नबगाए पनि विद्यार्थीलाई पढाउन सकिने अवस्था छैन । सरकारको तत्काल सहयोगको आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment