+
+
Shares

तामाकोशी नदीको बहाव रोकियो, सतर्क रहन प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते २३:१७

४ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सर्तक अबस्था रहन आग्रह गरेको छ ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा भारी बर्षा भएसँगै पहिरो आउँदा नदीको बहाब रोकिन गएको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार राती एक सूचना जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रको वस्ती तथा तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने भएकाले सजग रहन र कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान आग्रह गरेकाे छ ।

साथै प्रशासनले स्थानीय तहका पदाधिकारी र सुरक्षा निकायसँग समन्वय गर्न पनि तटीय क्षेत्रका वासिन्दालाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?