+
+
WC Series
विराटनगर किंग्स 2025
23/3 (4.2)
VS
९४ बलमा ११२ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सन्त कुमारको सम्झनामा इनासले गायन तथा नृत्य प्रतियोगिता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ५ गते ६:२८

वार्सिलोना । स्वर्गीय सन्तकुमार थापा मगरको सम्झनामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले ‘दोश्रो इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिता’ गर्ने भएको छ।

इनास युरोपका संयोजकसमेत रहेका स्वर्गीय थापाको सम्झनामा भर्चुअल माध्यमबाट नै प्रतियोगिता हुन लागेको हो।

डेनमार्कमा निवासी थापाको डेढ महिनाअघि ब्लड क्यान्सरका कारण ४१ वर्षको उमेरमानै निधन भएको थियो। कोरियोग्राफरमा नै सुन्दर भविष्य देखेका सन्त कुमार युरोप आएपछि पनि कलाकारिता क्षेत्रमा नै सक्रिय थिए । उनी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )डेनमार्कका संस्थापक अध्यक्ष हुँदै युरोपका संयोजक बनेका थिए ।

इनास नृत्य प्रवर्द्धन समितिका ग्लोबल संयोजकसमेत बनेका उनै सन्त कुमारको सम्झनामा प्रतियोगिता हुने आयोजकले जनाएको छ।

कोरोनाको महामारीको कहर अझै नसकिएकाले अनलाइनमार्फत नै प्रतियोगिता गरिने इनास युरोप उपसंयोजक प्रकाश तिवारीले बताए। उनले नृत्य तथा गायन प्रतियोगिताका लागि नियमहरु सार्वजनिक भईसकेकाले कलाकारहरुलाई प्रतियोगतामा सहभागी बन्न अनुरोध गरेका छन्।

प्रतियोगितामा दुवै विधातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश: एक लाख रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाण-पत्र प्रदान गरिने आयोजकले विज्ञप्तिमार्फत घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?