
५ असार, काठमाडौं । भक्तपुरमा पानी जमेको खाल्डोमा एक बालकको शव भेटिएको छ ।
चाँगुनारायण नगरपालिका-९ ताथलीका १० वर्षीय छोरा रोजन मछे शुक्रबार राति साढे १ बजे पानी जमेको खाल्डोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
रोजन शुक्रबार बिहान ११ बजे हराएका थिए । स्थानीय र प्रहरीले खोजी गर्दा घर नजिकै रहेको सेतो बीएम इँटा भट्टा परिसरको खाल्डोमा उनी मृत भेटिएका हुन्।
उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको र थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4