Comments Add Comment

खोपका लागि दातासँग विराटनगर महानगरको आग्रह

५ असार, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्न दातृ निकायलाई आग्रह गरेको छ । दातृ निकायलाई पत्र लेख्दै महानगरपालिकाले खोप उपलब्ध गराउन आग्रह गरेको हो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले खोप नहुँदा महामारी नियन्त्रणमा सकस भएपछि पत्र लेखेर सहयोगका लागि आग्रह गरिएको बताए । चीनको उहान र उहुँ शहर, अ‍ेमेरिकी यूएसआईडी, जापानको जाइका तथा सिटिनेट डीआरआरलाई  खोप उपलब्ध गराउन आग्रह गरिएको छ ।

बेलायतको डीएआईडी, स्वीट्जरल्याण्डको हेल्विटास, कोरियाको काइका र सिटिनेट सचिवालय सियोल, भारत, जर्मनीलगायत देशका दूतावासमार्फत खोप सहयोग गर्न महानगरपालिकाले आग्रह गरेको हो ।

‘महामारी नियन्त्रणका लागि दाताहरुलाई आग्रह गरेका छौं,’ पराजुलीले भने, ‘उहाँहरुबाट सहयोग पाउने अपेक्षा छ ।’

दाताहरुलाई भ्याक्सिन, अक्सिजन कन्सन्ट्रेटर, भेण्टिलेटर भीटीएम, एन्टिजेन किटलगायत सामग्री सहयोगका लागि आग्रह गरिएको भन्दै उनले सहयोग पाउने अवस्था भए संघीय सरकारसँग समन्वय गरेर प्रक्रिया अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment