+
+
Shares

मेलम्चीमा दीपा र स्वस्तिमाको सहयोग वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ६ गते १२:२१

सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरोबाट प्रभावितहरुका लागि नेपाली कलाकारहरुले राहत वितरण कार्यलाई तिव्र बनाएका छन् । नायिका स्वेता खड्का, पूजा शर्मा, आँचल शर्मा लगायतले मेलम्ची पुगेर राहत वितरण गरिसकेका छन् ।

यसैविच, निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्का पनि मेलम्ची पुगेर राहत वितरण गरेर फर्किएका छन् ।

उनीहरुले बाढी प्रभावितहरुका लागि डसना, ब्ल्याङ्केट, म्याट ५०–५० थान वितरण गरेका हुन् । यस्तै, उनीहरुले चामल, चाउचाउ, बिस्कुट, सेनेटरी प्याड पनि वितरण गरेका छन् ।

स्वस्तिमा र दीपासहित सुरविन बान्तवा मेलम्ची पुगेर बाढी प्रभावितहरुका लागि दैनिक आवश्यक सामान वितरण गरेका हुन् । उनीहरुले, मेलम्चीका बासिन्दाका लागि सहयोगको आवश्यकता अझै रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?