+
+
Shares

मेलम्चीका संरचना पुननिर्माण गर्न कृष्ण मल्लको संयोजकत्वमा समिति गठन, करिष्माको एक लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ६ गते १३:१८

सिन्धुपाल्चोकका बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापनका लागि सहायता जुटाउन अभिनेता कृष्ण मल्लको संयोजकत्वमा कलाकारहरुको समिति गठन गरिएको छ ।

शनिबार काठमाडौंमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल लगायतका जनप्रतिनिधि एवं सिन्धुपाल्चोक गृहजिल्ला भएका कलाकारहरु कृष्ण मल्ल, जितु नेपाल, श्वेता खड्का, चेतन सापकोटा, कृष्ण ढुंगाना लगायत सहभागि भएर गरिएको छलफलले समिति गठन गरेको हो ।

समितिले सिन्धुपाल्चोकमा बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ ।

‘तत्काललाई राहत भन्दा पनि दीर्घकालिनरुपमा व्यवस्थापनका लागि समिति गठन गरिएको हो’ अभिनेता मल्लले भने, ‘घर बगाएकाका परिवारहरु अहिले अहिले अन्यन्त्र आश्रय लिएर बसिरहेका छन् ।

उनीहरुलाई दीर्घकालिन घरको आवश्यकता छ । घरको पुननिर्माण, त्यस्तै पुल र विद्यालयको पुननिर्माण लगायतका लागि हामी कलाकारहरुले औद्योगिक घराना, गैरआवासीय नेपाली र आफ्ना फ्यानहरुलाई सहयोगको आह्वान गर्छौ ।’ थप योजना बनाउन समितिको बैठक आगामी १० गते बस्ने अभिनेता मल्लले बताए । कलाकार संघ, प्राविधिक संघ, निर्माता संघ, सांगीतिक संघ लगायतका संघसंस्था लगायत अन्य कलाकारहरुलाई पनि समेटदै लैजाने बताए ।

करिष्माको एक लाख सहयोग
सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि अभिनेता मल्लको संयोजकत्वमा समिति गठन भएसँगै अभिनेत्री करिष्मा मानन्धरले सहयोगको घोषणा गरेकी छिन् । बाढीपीडित बासिन्दालाई वर्षायाममा ओत लाग्ने छानोको व्यवस्था होस् भन्दै उनले एक लाख रुपैयाँ सहयोगको घोषणा गरेकी हुन् । उनले सबैले सकेको सहयोग गर्न समेत आब्हान गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?