Comments Add Comment

पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा थप्‍न सिफारिस

फाइल तस्वीर

६ असार, वीरगञ्ज । पर्सामा असार १३ गतेसम्म निषेधाज्ञालाई जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आईतबार बसेको बैठकले केही परिमार्जनसहित निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा प्रभावकारी देखिएको र जिल्लामा संक्रमण घट्दो क्रममा रहेकोले परिमार्जन सहित निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

अनका अनुसार समितिले आवश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गराई स्थानीय तह अनुसार आलोपालो मिलाई मानिसको भिडभाड नहुने गरी सरकारी, सार्वजनिक, नीजि कार्यालयहरुले सेवा प्रवाह गर्न र कार्य सञ्चालन गर्न गराउन पाउनेछन् ।

साथै खाद्य वस्तु औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल नियमित सञ्चालन गर्ने र बाँकी अन्य सबै पसलहरु बिहान १० बजेदेखि ५ बजेसम्म जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गराई खोलन पाइने व्यवस्था गरिएको छ ।

होटल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी टेह अवे सेवा र होम डेलीभरी गर्ने गरि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, व्युटी पार्लर, जिमखाना लगायत समूहमा खेलिन खेदलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु भने सञ्चालन गर्न नपाईने उल्लेख छ । पर्सामा वैशाख १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment