+
+

निधिलाई मनाउन देउवा समूहका नेताहरुले पहल गर्ने

वान अन वान सम्वाद गर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ६ गते १५:०८

६ जेठ, काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय नेताहरुले सभापति शेरबहादुर देउवालाई उपसभापति विमलेन्द्र निधिसँग ‘वान अन वान’ वार्ता गर्न सुझाव दिएका छन् । साथै उनीहरुले पनि निधिलाई मनाउन पहल गर्ने भएका छन् ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पनि देउवाले फेरि सभापतिमा उठ्ने तयारी गरेका छन् । संस्थापन समूहमा दोस्रो बरियतामा रहेका निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । शनिबार भएको छलफलमा पनि देउवा र निधिले सभापतिमा एकअर्कालाई सहयोग गर्न आग्रह गरेका थिए ।

एउटै समूहबाट दुई उम्मेदवार बन्ने अवस्था आएपछि संस्थापन पक्षका नेताहरुले सहमतिमा जोड दिएका छन् । ‘उहाँ (निधि) लाई पनि मिलाएर लैजानुपर्छ । त्यसका लागि तपाईंले पनि एक्लै भेटेर छलफल गर्नुस् । हामी पनि उहाँसँग कुरा गर्छाैं भनेर सभापतिज्यूलाई आग्रह गर्‍यौं,’ कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले भने, ‘अझै समय छ, छलफल गरेर नै अगाडि बढ्नुपर्छ ।’

भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनेसँगै आफ्नो समूहका नेताहरुसँग छलफल थालेका देउवाले आइतबार बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका थिए ।

भेटमा नेताहरुले संस्थापन समूहबाट सभापतिमा एउटै उम्मेदवार हुनुपर्नेमा जोड दिएका छन् । ‘सभापतिज्यूले पहिलादेखि नेतृत्वमा दोहोरिन्छु भन्दै आउनुभएको थियो, तर निधिजीलाई आफूसँग राखेर अगाडि बढ्दा राम्रो हुन्छ भनेर हामीले भन्यौं,’ नेता बस्नेतले भने, ‘हाम्रो समूह एकढिक्का हुनुपर्छ भन्ने सबैको धारणा थियो ।’

देउवा र निधि नै सभापतिमा प्रतिस्पर्धा गर्ने अवस्था आए घाटा हुने विश्लेषण संस्थापन पक्षमा छ ।

निधि र देउवाबीच सहमति गराउन पनि सजिलो छैन । देउवाले आउने निर्वाचनमा कांग्रेसलाई सबभन्दा ठूलो बनाएर मात्र विश्राम लिने भन्दै सभापतिमा दोहोरिन चाहेका छन् ।

उनले निधिलाई अर्को पटक सभापतिमा अघि सार्ने भन्दै आफूलाई साथ दिन आग्रह गरेका छन् । तर १५ औं महाधिवेशनसम्म पर्खिँदा नेतृत्वमा पुग्न झन् कठिन हुने भएकाले निधिले उनको प्रस्ताव स्वीकार गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?