Comments Add Comment

तम्घासका व्यवसायीले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने

६ असार, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा रहेका व्यवसायीहरुले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । अब निषेधाज्ञा खुकुलो बनेर पसल व्यवसाय सञ्चालन गर्ने निर्णय भए एन्टिजेन नेगेटिभ आएकाले मात्रै पाउने गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।

तम्घास बजारमा रहेका सम्पूर्ण व्यवसायका मुख्य एक व्यक्तिले एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरिएको संघले बताएको छ । सदरमुकाम तम्घासमा २३५ जना व्यवसायीहरुको एन्टिजेन परीक्षणमा ३ जनामा मात्रै रिपोर्ट पोजेटिभ आएको संघका महासचिव ताराप्रसाद भुसालले बताए ।

अब तम्घास बजारमा परीक्षणको नतिजा अनुसार निर्णय गरिने भएको छ ।  पसलहरु खुल्ने निर्णय भएमा पनि एन्टिजेन नेगेटिभ रिपोर्ट भएका व्यवसायीहरुले मात्र पसल खोल्न पाउने निर्णय उद्योग वाणिज्य संघले गरेको छ ।

जिल्लामा असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment