
६ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई पार्टी निर्णयबारे जानकारी दिएका छन् । आयोगको कार्यालयमा पुगेर यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले पेश गरेको कागजात नक्कली भएको जानकारी गराएका छन् ।
गत ७ पुसमा बसेको कार्यकारिणी समितिको बैठकले आफूलाई प्रथम अध्यक्ष बनाएको र त्यही अधिकार प्रयोग गरी कार्यकारिणी समिति हेरफेर गरेको पत्र ठाकुरले आयोगमा बुझाएका छन् । तर यादवले भने त्यस्तो कुनै निर्णय नभएको जानकारी आयोगलाई दिएका हुन् ।
यादवले पार्टी बैठकले गरेको निर्णयसमेत बुझाएका छन् । यसअघि यादवले ठाकुरसहित नेताहरुलाई कारबाही गरिएको जानकारी आयोगमा बुझाएका थिए भने ठाकुरले पनि यादवलाई हटाइएको पत्र दिएका थिए । तर आयोगले दुवै पक्षको पत्र अस्वीकार गरेपछि अध्यक्ष यादवले फेरि वैधानिकता दाबी गर्दै निवेदन पेश गरेका छन् ।
ठाकुरले कीर्ते प्रमाण पेश गरेको प्रमाणसहित यादव पक्ष अदालतमा समेत जाने भएको छ । त्यसको तयारी भइरहेको अधिवक्ता दीपक राईले बताए ।
प्रतिक्रिया 4