+
+
Shares

पर्सामा पनि निजी सवारी साधन जोर बिजोर प्राणालीमा सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १२:५०

७ असार, वीरगञ्ज । पर्सामा असार ८ गतेदेखि निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार चलाउन पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार सूचना जारी गर्दै निजी सवारी चलाउन पाउने जानकारी गराएको हो ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा हस्ताक्षरित सूचनामा जिल्लाभित्र निजी सवारी साधन असार ८ गतेदेखि लागू हुने गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर हुने गरी सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख छ ।

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि असार ६ गते जारी गरिएको आदेशमा संशोधन गर्दै प्रशासनले निजी सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।

असार ६ गते बसेको कोभिड व्यवस्थापन समितिको बैठकले मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबहान, फोहोरमैला ब्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दूधजन्य पदार्थ, पशुपन्क्षीको दानालगायत ढुवानीका सवारी साधनहरु, आईसोलेसन एवं होल्डिङ्ग सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी (दुई पाङ्ग्रे बाहेक) तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?