Comments Add Comment

असारको पहिलो साता सुनको भाउ तोलामा २८ सयले घट्यो

७ असार, काठमाडौं । असारको पहिलो साता सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन असार १ गते ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ असार ७ गते ९० हजार चार सय रुपैयाँमा आइपुगेको छ ।

यस्तै साता भर तेजावी सुुनको भाउ दुई हजार ७५० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महिनाको पहिलो दिन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आज ७ गते ८९ हजार ९५० रुपैयाँमा आइपुगेको छ ।

चाँदी भने साताभर जम्मा ६० रुपैयाँले तोलामा घटेको छ । एक हजार ३५५ रुपैयाँमा असार एक गते कारोबार भएको चाँदीको भाउ ७ गते १२ सय ९५ रुपैयाँ कायम भएको छ ।
एक गतेदेखि ६ दिनसम्म लगातार घटेको सुन चाँदीको भाउ ७ असारमा भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ ।

मंगलबारबाट सुनचाँदी कारोबार खुल्दै

निषेधाज्ञाका कारण वैशाख १५ गतेबाट बन्द सुन चाँदी व्यवसाय मंगलबारबाट सञ्चालनमा आउँदैछ । साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार सुन चाँदी पसल खोल्न दिने प्रशासनको निर्णयपछि पसल सञ्चालनको तयारी थालिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

लामो निषेधाज्ञाका कारण आर्थिक अवस्था जर्जर बनका व्यवसायीहरुलाई व्यवसाय खुला भएपछि केही राहात मिल्ने उनले बताए । कोरोना बिरुद्धकेा खोप प्रभावकारी बन्दै गएपछि विश्व बजारमा सुनको भाउ ओरालो लाग्ने क्रममा देखिएको पनि बज्राचार्यले बताए ।

‘मानिसहरु विश्वस्त भएको देखिन्छ, अवस्था पुरानै लयमा फर्कियो भने सुनको भाउ तोलामा ८० देखि ९० हजारको बाीचमा मात्रै रहने अवस्था आउँछ,’ महासचिव बज्राचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment