+

कोपा अमेरिका : लगातार दोस्रो जितसहित अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

२०७८ असार  ८ गते ८:३६ २०७८ असार ८ गते ८:३६
कोपा अमेरिका : लगातार दोस्रो जितसहित अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

८ असार, काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।

समूह ए अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।

अर्जेनिटनाका लागि अलेजान्द्रो गोमेजले खेलको १०औँ मिनेटमा गोल गरेका थिए । कप्तान लिओनल मेस्सीले पहिलो हाफको इन्जुरी टायममा गावल गरे पनि अफसाइड भन्दै मान्यता पाएन ।

समूह ए मा अपराजित अर्जेन्टिना ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ ।  पाराग्वे २ खेलबाट ३ अंकिहित तेस्रो स्थानमा छ ।

यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा पनि स्थान बनाएको छ । समूहमा ५ मध्ये शीर्ष चार टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

अर्जेनटिनाले अब समूह चरणमा बोलिभियासँग खेल्न बाँकी छ ।

अर्जेन्टिना कोपा अमेरिका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय