Comments Add Comment

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा : विद्यार्थीलाई पायक पर्ने केन्द्र रोज्न आह्वान

८ असार, काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि पायक पर्ने केन्द्र रोज्न चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

आयोगले आगामी १० गते परीक्षा केन्द्र सार्वजनिक गर्दै छ । परीक्षा केन्द्र सार्वजनिक हुनुअघि आयोगले सोमबार सूचना जारी गर्दै आफूलाई पायक पर्ने केन्द्र रोज्न आग्रह गरेको हो ।

कोरोना संक्रमण जोखिमको कारण चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा उपत्यका बाहिर समेत परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्ने तयारी गरिएको सूचनामा उल्लेख छ ।

डाटाबेस तयारीका लागि चैत ३ गतेको सूचना अनुसार आवेदन पेश गरेका सम्पूर्ण आवेदकहरूले आगामी असार ९ गते बिहान १० बजेदेखि असार १० गते अपरान्ह पाँच बजेसम्म आयोगको अनलाइनमा दिइएको केन्द्र मध्ये आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनोट गर्न भनिएको छ ।

एक भन्दा बढी शैक्षिक कार्यक्रममा आवेदन दिने उम्मेद्वारले आफूले आवेदन दिएका प्रत्येक शिर्षक कार्यक्रमका लागि छुट्टाछुट्टै चेक योर स्टेटसमा लगइन गरी सबै शैक्षिक कार्यक्रमको एउटै परीक्षा केन्द्र छनोट गर्नुपर्ने जनाएको छ । उम्मेद्वारले छनोट गरेको स्थानमा केन्द्र कायम गर्ने÷नगर्ने सम्बन्धमा उत्पन्न परिस्थितिको अवस्था विश्लेषणपछि मात्र निर्णय हुने र परीक्षार्थीको परीक्षा केन्द्र विवरण प्रवेश पत्रमा उल्लेख हुने आयोगले जनाएको छ ।

उम्मेदवारले छनोट गरेको स्थानमा परीक्षा केन्द्र कायम गर्ने÷नगर्ने सम्बन्धमा उत्पन्न परिस्थितिको अवस्था विश्लेषणपछि मात्र निर्णय हुने सो सूचनामा उल्लेख गरिएको छ ।

आयोगको अनुसार यो वर्ष विभिन्न विषयमा अध्ययनका लागि ३२ हजार आठ सय जनाले प्रवेश परीक्षाको लागि आवेदन भरेका छन् । एमबीबीएसका लागि ११ हजार तीन सय जनाले प्रवेश परीक्षाको फाराम भरेका छन् ।

नयाँ शैक्षिक सत्रको लागि तोकिएको सिट

चिकित्सा शिक्षा आयोग (कार्यकारी समिति) को जेठको १९ र ३१ गतेको बसेको बैठकले शैक्षिक सत्र २०७७÷०७८ का लागि स्नातक तहका विभिन्न विधामा शिक्षण संस्थागत रुपमा सिट संख्या निर्धारण गरेको छ ।

आयोगले एमबीबीएस र बीडीएस पढाइ हुने २२ मेडिकल कलेजका लागि एमबीबीएस तर्फ विभिन्न कलेजलाई १८३५ सिट र बीडीएसलाई ५६५ सिट प्रदान गरेको छ ।

त्यस्तै स्वास्थ्यका अन्य विषय पढाइ हुने ७६ कलेजलाई आयोगले सिट संख्या तोकेको हो । जसअन्तर्गत बीएससी नर्सिङ तर्फ ११०० सय, बीपीएचतर्फ १ हजार ४२०, बीएनएसतर्फ १ हजार १९५, बीएनएस (एमआईडी) तर्फ ७०, बीएससी एमएलटी तर्फ ४२५, बीएससी एमआइटी तर्फ ७१ सिट तोकिएको छ ।

यस्तै बीएससी मेडिकल माइक्रोवायोलोजी तर्फ २०, बीएससी मेडिकल बायोकेमेस्ट्रीलाई २०, बीपीटी तर्फ १५०, बीफार्मा ९०२, बीपीएच १४२०, बीओप्टोमेट्री ६७, बीएनएस (एमआईडी) ७०, बीएनएस ११९५, बीडीएस ५६५, बीएएसएलपी ६, बीएएमएस ८० र परफ्यूजन टेक्नोलोजी तर्फ ५ सिट निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment