+
+

कांग्रेसमा सुनील थापासँगै आएका ५५ जना बने महासमिति सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ८ गते १३:४२

८ असार, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका सुनील थापासहित ५५ जनालाई महासमिति सदस्यमा मनोनित गरेको छ ।

पार्टी केन्द्रीय समिति निर्णय अनुसार उनीहरुलाई महासमिति सदस्यमा समायोजन गरिएको कांग्रेसले जनाएको छ । थापा भने कांग्रेसको सहमहामन्त्री छन् ।

महासमितिमा थापासहित रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरीलगायत छन् ।

कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले पार्टी समायोजनको सहमति अनुसार महासमिति मनोनित गरिएको बताए । थापा २०७७ साउन १३ गते कांग्रेस प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?