Comments Add Comment

असंवैधानिक काम रोक्न अदालत छ : उपेन्द्र यादव

८असार, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कार्यलाई सर्वोच्च अदालतले रोक लगाएको बताएका छन् ।

संसद विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई मंगलबार सर्वोच्च अदालतले बदर गरिदिएपछि अनलाइनखबरसँग कुरा गर्दै उनले असंवैधानिक कार्यलाई रोक्न सर्वोच्च अदालत छ भन्ने सन्देश गएको टिप्पणी गरे ।

‘असंवैधानिक कार्य रोक्ने संस्थाको रुपमा, संविधानको रक्षा गर्ने संस्थाको रुपमा सर्वोच्च्च अदालत छ भन्ने नै हो’ उनले भने, ‘लोकतन्त्रमाथि जुन प्रहार हुँदै आएको छ, त्यो प्रहारविरुद्ध सर्वोच्च अदालत छ ।’

प्रधानमन्त्रीले संविधानविपरीत गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गर्नु सर्वोच्चको स्वागतयोग्य कदम भएको यादवले बताए ।

अध्यक्ष यादवले जनता समाजवादी पार्टीबाट सरकारमा जानेहरु सच्चिएर पार्टीमा फर्किन सक्ने बताए । ‘जसपाभित्रको विवादले उहाँहरु सरकारमा गएको होइन । कसैले अहर्याइदियो र केपी ओलीको प्रतिगमनको मतियार बन्न गएका हुन् । ती साथीहरुले आलोचना गरेर फर्किएर आए भने जसपा एकता अझै सम्भव छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment