+

उसु महासंघद्वारा खेलाडीलाई राहत वितरण

२०७८ असार  ८ गते १९:३७ २०७८ असार ८ गते १९:३७
उसु महासंघद्वारा खेलाडीलाई राहत वितरण

८ असार, काठमाडौं । नेपाल उसु महासंघले निषेधाज्ञाका समयमा समस्यामा परेका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ ।

महासंघका पदाधिकारीले मनमैजु, जावलाखेल र वौद्धलगायतका ठाउँमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् ।

खेलाडीहरुलाई राहत सामग्री लैजान सहज होस् भनेर विभिन्न स्थानमा पुगेर वितरण गरिएको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ४५ जना उसु खेलाडीलाई राहत सामग्री वितरण गरिएको छ ।

पहिलो चरणमा प्रत्येक खेलाडीलाई २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, एक प्याकेट नून, मास्कलगायतका सामग्री वितरण गरिएको थियो । राहत वितरणका लागि स्थापना गरिएको कोषमा बेल्जियममा रहेका मिङमार छिरिङ लामा तथा छम्जी लामाले एक लाख रुपैयाँ सहयोग गरेका थिए

खेलाडी राहत

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय