+
+
Shares

५४ दिनपछि खुलेको काठमाडौंका बजार (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ असार ८ गते २१:४६

८ असार, काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको त्रास फैलिएपछि गरिएको निषेधाज्ञा सहज भएसँगै मंगलबार काठमाडौंका सुन पसलहरु खुले । बारअनुसार व्यापार व्यवसायहरु खोल्न अनुमति दिने भएपछि मंगलबार सुन पसलहरु खुला भएका हुन् ।

बुधबार भने कपडा पसलहरु खुल्नेछन् । ५४ दिनपछि खुलेको काठमाडौंको न्यूरोड क्षेत्रमा चहलपहल बाक्लिँदै छ । बाटामा सवारी साधनहरुको भीड लाग्न सुरु भएको छ । काठमाडौंको न्यूरोडमा खुलेका सुन पसलहरुमा पनि फाट्टफुट्ट मान्छेहरु पसिरहेका छन् ।

तर, पहिलो दिन भएका व्यापारभन्दा पनि पसल सफाइको काम भएको व्यापारीहरुले बताए । जय माता दि गोल्ड प्यासलेसका सञ्चालकले भने, ‘जेहोस् खोल्न चाहिँ खोलियो ।’ तत्कालै व्यापार राम्रो भइहाल्ने अवस्था पनि नरहेको उनले बताए ।

अब विस्तारै सहज हुँदै गएको अवस्थामा भने व्यापार वृद्धि हुने अपेक्षा व्यापारीहरुले गरेका छन् । नजिकिँदो तीजमा भने व्यापार बढ्ने उनीहरुले सुनाए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?