Comments Add Comment

उपत्यकाका ९ प्रहरी वृत्तका प्रमुख फेरिए

९ असार, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रमुख फेरेका छन् । एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सरुवा गरेर नयाँ प्रमुख पठाइएको हो ।

मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार प्रहरी वृत्त, गौशालाको जिम्मा केशव भट्टराईले पाएका छन् भने कीर्तिपुरमा ठाकुरप्रसाद पोखरेल पठाइएका छन् ।

कहाँ को पठाइए ? सूची

  • ढुण्डिराज न्यौपाने, बौद्ध
  • दुर्गाप्रसाद दाहाल, लैनचौर
  • प्रमिश विष्ट, महाराजगञ्ज
  • भरत श्रेष्ठ, सिंहदरबार
  • मीनबहादुर कुँवर, मालिगाउँ
  • भीमबहादुर लामा, बानेश्वर
  • मिलन केसी, स्वयम्भु

उपत्यकाका प्रहरी वृत्तहरुमा पठाइएका सहित ५७ जना डीएसपीको सरुवा भएको छ ।

यो पनि पढ्नुहोस प्रहरीको जिल्ला नेतृत्वमा फेरबदल, कास्कीमा थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment