Comments Add Comment

प्रधानमन्त्रीमा देउवाको दाबी पुग्थ्यो तर संसद विघटन गरियो : खाती

९ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता खम्बहादुर खातीले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्ने भए पनि दुरासय मनसायका साथ प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका मुद्दामा बुधबार रिट निवेदकको पक्षबाट बहस गर्दै खातीले देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश मागसमेत गरे ।

‘नयाँ सरकार बन्ने देखेपछि मध्यराति संसद विघटन गरेको देखिन्छ । दुरासय मनसायका साथ विघटन गरिएको छ,’ खातीले भने, ‘त्यसकारण १४९ सांसदको समर्थन प्राप्त शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी होस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वासको मत लिंदा ९३ मात्रै मत पाएर अल्पमतको सरकारमा परिणत भएपछि संविधानको धारा ७६(४) लाई नाघेर ७६(५) अनुसार सरकार गठनको आह्वान गर्ने राष्ट्रपतिको कदमप्रति उनले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री ओलीले आफूलाई १५३ जनाको समर्थन रहेको दाबी दलको रुपमा मात्र भएको जिकीर गर्दै उनले सांसदको रुपमा नभएको बताए ।

यो पनि पढ्नुहोस अधिवक्ता बन्दीको प्रश्न : १४९ सांसदको हस्ताक्षरभन्दा बलियो आधार के चाहियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment