Comments Add Comment

ओटीटीमा बलिउड स्टारमाथि महंगो लगानी

भारतमा ओटीटी प्लेटफर्मको नयाँ खेल सुरु भएको छ । यो खेलमा बलिउडका चर्चित नायक–नायिकाहरुलाई आकर्षित गर्नका लागि ओटीटी संचालकहरुले महंगो रकम खर्च गरिरहेका छन् ।

पहिलो चरणको लकडाउनपछि भारतमा चलचित्र भवनहरु बन्द हुँदा ओटीटी बजार विस्तार भएको छ । योसँगै भारतका धेरै दर्शकहरु ओटीटीमा जोडिएका पनि छन् । बलिउड चलचित्रका नायकहरुलाई महंगो पारिश्रमिकमा गरिएको अफरले यो कुराको पुष्टी गर्दछ कि, ओटीटीका संचालकहरु आफ्नो बजार अब दर्शकको ठूलो संख्यामाझ विस्तार गर्न चाहन्छन् ।

नायक अजय देवगणले एक वेव सिरिजका लागि १२५ करोड रुपैयाँ पारिश्रमिक लिएको खबर सार्वजनिक भैसकेको छ । यस भन्दा अगाडि नायक अक्षय कुमारलाई पनि ९० करोड पारिश्रमिकको अफर गरिएको थियो ।

यस्तै, कलाकार मनोज बाजपेयीलाई पनि वेव सिरिजका लागि २० देखि २२ करोडको अफर आइसकेको छ । ओटीटी संचालकहरुले ओटीटीमा उत्कृष्ट काम गरेका कलाकारसँग बलिउड कलाकारको पनि आवश्यकता महशुश गर्न थालेका छन् ।

कतिपय विश्लेषकहरु अब ओटीटीमा पनि बलिउडमा जस्तै स्टारको क्रेज सुरु हुने विश्लेषण गरिरहेका छन् भने अर्कोतिर ओटीटी बलिउड भन्दा फरक रहेको तर्क पनि हुने गरेको छ ।

ओटीटी संचालकहरु प्छिल्लो समय आफ्नै सिरिजहरु सार्वजनिक गरेर दर्शकको संख्या बढाउन चाहन्छन् । यस्तै, बलिउडका कलाकारहरुलाई राख्दा चाडै दर्शकको संख्या बढ्ने उनीहरुको विश्लेषण छ । बलिउडका धेरै कलाकारहरुले टीभीको क्रेजलाई नै नयाँ उचाईमा पुर्याएका थिए । अमिताभ बच्चन, सलमान खान, आमिर खान जस्ता कलाकारले होस्ट गर्ने शोहरुले दर्शकको माया पाइरहेका छन् । अब, ओटीटीमा पनि यस्तै क्रेज देखिने अपेक्षा गरिएको छ ।

दर्शकले चाडै नै शाहिद कपुर, माधुरी दिक्षित, जुही चावला, आयशा शुल्का, सोनाक्षी सिन्हा जस्ता कलाकारको सिरिज ओटीटीमा हेर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment