Comments Add Comment

डोटीमा असार २० गतेसम्‍म निषेधाज्ञा थप

१० असार, डोटी । जिल्लामा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार २० गतेसम्मका लागि थप गरिएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७:०० देखि ११:०० बजेसम्म खोल्न पाइने केन्द्रले जनाएको छ ।

यसैगरी सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भर सञ्चालन गर्न सकिने अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने भएको छ । भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकूद गतिविधिलगायतका कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ ।

जिल्लामा कोरोनाका सक्रिए सङ्मितको सङ्ख्या एक हजार ३०० पुगेको छ । कोरोनाकै कारण जिल्लामा हालसम्म ११ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment