Comments Add Comment

नीमा एकेडेमीको नवीन शिक्षा प्रणाली

१० असार, काठमाडौं । निमा एजुकेसन फाउन्डेसन अर्थात् नीमा एकेडेमीले नेपाली शैक्षिक क्षेत्रमा एउटा नयाँ आयाम थपेको छ । एकेडेमीले शिक्षा प्रणालीमा एउटा डिजिटल छाप छोड्न सफल भएको छ । नेपालको पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त, कक्षा १ देखि १० सम्मका, सबै विषयका कोर्सहरु नीमा एकेडेमी (वेबसाइट/ एप) मा उपलब्ध छन् ।

नीमा एकेडेमीका कोर्सहरु रमाईला र अन्तरक्रियात्मक वातावरणमा बनाईएको छ जसले गर्दा विद्यार्थीहरुलाई पढ्न रमाइलो र पढेको स्मरण गर्न सजिलो हुन्छ । नीमा एकेडेमीका कोर्षहरुमा भिडियोज, आर्टिकल, क्विजेज, टेस्ट असाइनमेन्ट र गेमहरु समावेश गरिएको हुन्छ ।

सैद्धान्तिक ज्ञानका साथ्-साथै व्यवहारिक र उदाहरणमा आधारित मिश्रित लर्निङ टेक्नोलोजीको प्रयोग नीमा एकेडेमीले गरेको छ l यस्ता किसिमका शैक्षिक कोर्सहरुले विद्यार्थीहरुलाई मात्र नभई शिक्षकहरुका लागि पनि अध्यापनमा सहयोग पुग्ने देखिन्छ ।

सहारा राष्ट्रिय स्कुलका प्रधान अद्ध्यापक, देवेन्द्र बि भट्टराई नीमा एकेडेमीको बारेमा यसो भन्छन्, ‘हामी नीमा एकेडेमीको कोर्सहरुसँग खुशी छौ l हामी नीमा एकेडेमीसँगै अघि बढ्न चाहन्छौँ किनकि यसले डिजिटल शिक्षाको विकास गर्छ । कोरोना महामारीले गर्दा पनि स्कुलहरु डिजीटलाइज गर्दै जानुपर्ने देखियो । अब हाम्रा शिक्षकहरूले सजिलैसँग विद्यार्थीहरूलाई सिकाउन सक्छन् ।’

त्यसैगरी अरनिको अन्तरास्ट्रिय उच्च मावि, ज्ञान्दिप विद्ध्यासदन, रिलायन्स स्कुल, नर्थ पोइन्ट स्कुल र पिस पोइन्ट एकेडेमी” लगायत अन्य स्कुलहरु पनि नीमा एकेडेमीप्रति सकारात्मक रहेको बताइएको छ ।

हाल कोरोनाको विषम परिस्थितिले गर्दा सम्पूर्ण स्कुल तथा कलेजहरु बन्द अवस्थामा रहेका छन् ।  जसले गर्दा विद्यार्थीहरुको पढ्ने बानी र पढाईमा नकारात्मक असर परेको छ । यस्तो अवस्थामा पनि नीमा एकेडेमीले घरमै बसी-बसी इन्टरनेट प्रयोग गरि वा इन्टरनेटबिनानै पठन-पाठनलाई सहज बनाएको छ ।

नेपाली शिक्षा प्रणालीलाई डिजिटलाइज गर्दै सबैलाई र सबै ठाउँमा शिक्षालाई सस्तो र पहुँचयोग्य बनाउन र नेपालमा शिक्षाको स्तर बढाउन बिगत ३ वर्ष देखि नीमा एकेडेमी अग्रसर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment