Comments Add Comment

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

११ असार, काठमाडौं । युरोपेली संघ (ईयू)को नागरिक संरक्षणको कार्यविधि अनुसार इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न इटालीले सहयोग स्वरुप उक्त सामग्रीहरु नेपाललाई उपलब्ध गराएको हो ।

नेपालका लागि ईयूकी राजदूत नोना देप्रेजले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ विशेषज्ञ डा.रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।

इटालीले अहिले उपलब्ध गराएको सहयोगमा २० ओटमा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र १० हजार पीपीईलगायतका सामग्रीहरु छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकार इटालीको सरकार र जनतालाई नेपाललाई गरेको सहयोगको लागि आभारी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment