Comments Add Comment

गृहमन्त्री भन्छन्- सरुवा बढुवाका लागि मकहाँ नआउनू

११ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेका पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । ‘हरेक व्यक्ति परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘यहाँहरु आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्न स्वतन्त्र हुनुहुन्छ । सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन ।’

आफूलाई नतिजा चाहिने भन्दै उनले जवाफदेही भएर काम गर्न आग्रह गरे । उनले सरुवा, बढुवा तथा थमौतीका लागि आफूकहाँ नआउन निर्देशन दिए । ‘साँच्चै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु,’ उनले भने, ‘नभए प्रमोसन, थमौती, सरुवा–बढुवाका निम्ति एउटा पुलिस मकहाँ नआओस् ।’

उनले अघि भने, ‘प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ । मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही÷जिम्मेवार छौं, त्यस ढंगले गर्नेछौं । त्यसबाहेकका यावत् कामहरु यहाँहरुले गर्नुपर्दछ ।’

पौडेलले अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment