
१२ असार, जनकपुरधाम । महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको औरही नगरपालिका–४ कठुघारबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ बर्षीय जोन कार्की र ३० बर्षीय सुरेश गुरुङ छन् ।
सम्सीबाट गौशालातर्फ जाँदै गरेका यी दुबैको साथबाट फेनारगन २ एमएलको एम्पुल १७ थान, डाइजेल्याब २ एमएलको एम्पुल १७ थान र नुफिन २ एमएलको १७ थान बराबद भएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश विष्टले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विष्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4