Comments Add Comment

‘द भ्वाइस अफ नेपाल’मा राजेश पायल राईको प्रवेश

लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’को कोचमा राजेशपायल राईको आगमन भएको छ । कोच तथा वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ भएपछि केही हप्ताका लागि उनको ठाउँमा राईलाई लिइएको हो । शुक्रबार प्रशारण भएको एपिसोड २२ बाट राई कोचका रुपमा उपस्थित भएका हुन् ।

दीप श्रेष्ठलाई जेठको पहिलो साता कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना पुष्टी भएपछि दुई साता लामो अस्पताल बसाईपछि उनी घर फर्किएका थिए । संक्रमणमुक्त भएपनि कोच दीपकले अझै केही साता आराम गर्नुपर्ने भएकाले कोचमा राइको प्रवेश भएको हो । एपिसोड २२ मा एक भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले आफ्नो भाई राजेशलाई कार्यभार सुम्पन पाउँदा खुशी लागेको बताएका छन् । उनले कुर्सी गरुङ्गो हुने भएकाले सम्हालेर बस्न आग्रह गरेका छन् ।

आफूले गर्ने निर्णय र टिप्सहरु नडराइकन दिन पनि दीपले राजेशलाई भनेका छन् । त्यस्तै आफूलाई केही हप्ताका लागि आराम गर्न दिएकोमा दीपले ‘भ्वाइस अफ नेपाल’ टिमलाई धन्यवाद समेत दिएका छन् । दीपको ठाउँमा कोचको जिम्मेबारी सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । शोमा अहिले ‘नकआउट राउण्ड’ चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment