Comments Add Comment

रुपन्देहीमा पनि सार्वजनिक यातायात जोर-विजोर प्रणालीमा चल्ने

१४ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक यातायात जोर-विजोर प्रणालीमा चल्न पाउने गरी एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले व्यवसाय सञ्चालन खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । सार्वजनिक यातायातलाई सञ्चालन दिने र सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले यसअघि असार ७ गते एक साताको लागि लम्ब्याएको निषेधाज्ञामा निजी सावारीलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उक्त निषेधाज्ञाको अवधि आज रातिदेखि सकिन लागेकाले थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको हो ।

थपिएको निषेधाज्ञामा ११ बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । अन्य सार्वजनिक मापदण्डको हमा भने यसअघि नै लिइएका निर्णयहरु कार्यान्वयन हुने प्रजिअ तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment