
सनराइज बैंकले आफ्ना एक कोरोना संक्रमित कर्मचारीको हेलिकप्टर प्रयोग गरी उद्धार गरेको छ । बैंकको शिवालय शाखामा करिब २ वषदेखि कार्यरत शाखा प्रमुख राजनप्रसाद जमकटेलको कोभिडका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि बैंकले हेलिकप्टरको प्रयोग गरीे काठमाडौंमा ल्याई उपचार गराएको हो ।
सनराइज बैंकको शिवालय शाखामा कार्यरत जमकटेललाई गत जेष्ठ ३१ मा कोभिड संक्रमण देखिएको थियो । संक्रमण पछि केही समय स्थानिय जिरी अस्पतालमा उपचार गराउनु भएको उनको थप उपचार गोकुलगंगा अस्पतालमा गराउँदै गर्दा स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको थियो । कच्ची बाटो र गम्भीर स्वस्थ्य अवस्था भएकोले एम्बुसलेन्सबाट काठमाडौं ल्याउन सहज थिएन ।
बैंकले तुरुन्तै दक्ष चिकित्सकहरु सहितको हेलिकप्टर व्यवस्था गरी काठमाडौंको हयाम्स अस्पतालमा ल्याई आवश्यक उपचार सुरु गर्यो । हाल उनको स्वास्थ्य अवस्था सामान्य हुँदै गएकोले अस्पतालले उनलाई डिस्चार्ज गरिसकेको छ ।
प्रतिक्रिया 4