+
+
Shares

माओवादी केन्द्रद्वारा दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध

हरि अधिकारी हरि अधिकारी
२०७८ असार १५ गते १५:००

१५ असार, विराटनगर । सांसदलाई व्यक्तिगत गालीगलौच गरेकामा भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले मंगलबार पनि प्रदेश १ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।

आइतबार सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहन खड्कालाई व्यक्तिगत रुपमा गालीगलौच गरेको भनी माओवादी केन्द्रले विरोध जनाएको छ ।

मन्त्रीले माफी माग्नुपर्ने र उनको उक्त विवादास्पद अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटानुपर्ने माग गर्दै माओवादी केन्द्रले सोमबार पनि सदन अवरुद्ध गरेको थियो ।

मंगलबार माओवादी केन्द्रले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले असार २० गतेसम्मका लागि वैठक स्थगित गरेका छन् ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले संसदको गतिरोध अन्त्य गर्न छलफल भइरहेको बताए । ‘संसदको गतिरोध अन्त्य गर्न हामीले छलफल गरिरहेका छौ,’ उनले भने ‘सबैसँग छलफल भइरहेको छ १-२ दिनमा निकास निस्कन्छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?