Comments Add Comment

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक

१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले साउन ९ गतेदेखि १३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।

सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि आयोगले तालिका सार्वजनिक गरेको हो । यो पटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिने पाउने भएका छन् ।

विदेशी परीक्षार्थी र परीक्षा केन्द्र स्थान छनोट गर्न छुटेका परीक्षार्थीको हकमा काठमाडौं उपत्यकामा परीक्षा केन्द्र कायम गरिएको मंगलबार प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

परीक्षा केन्द्र सम्बन्धी विवरण प्रवेश पत्रमा उल्लेख हुने र प्रवेश पत्र परीक्षा शुरु हुनुभन्दा ५ दिन अगाडि परीक्षार्थी आफैंले अनलाइन माध्यमबाट प्रिन्ट गर्न सकिने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै विदेशी विद्यार्थीले नेपाल सरकारले लागु गरे अनुसार ७ दिनको क्वारेन्टिनमा बस्नु पर्ने र सबै परीक्षार्थीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरी उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

एकीकृत प्रवेश परीक्षामा सम्मिलित हुने सबै परीक्षार्थीहरुलाई परीक्षा हुने दिनको ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । त्यस्तै परीक्षार्थीलाई आयोगको वेबसाइटमा रहेको केस इन्भेष्टिगेसन एण्ड कन्ट्रयाक ट्रेसिङ्ग सेल्फ डिक्लिरेसन र्फम भरी आवश्यक विवरण अनिवार्य गरेको छ ।

पीसीआर रिपोर्ट पोजेटिभ परीक्षार्थीका लागि छुट्टै कोठाको व्यावस्था गर्ने आयोगले जनाएको छ । यस्ता परीक्षार्थीलाई आयोगको इमेलमा आफ्नो विवरण पठाएर अगि्रम जानकारी दिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment