+
+

सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १६ गते १७:५७

१६ असार, काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । आन्दोलनको पहिलो चरणमा बैंकिङ क्षेत्रका कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि कालो ब्यानर टागेर विरोध प्रदर्शन गरेका छन् ।

खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीहरु असन्तुष्ट थिए । कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् ।

सिद्धार्थ बैंकमा कार्यरत विशालबावु खतिवडाले विद्यमान व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै विरोध प्रदर्शन गरेको बताए । उनका अनुसार बुधबार कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने ब्यानर राखेका प्रदर्शन गरेका छन् ।

आईएलओ अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टीभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले तथा खाइपाई आएको सेवासुविधा घट्ने र तिन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले आन्दोलनमा उत्रनु परेको बताए ।

यसैगरी नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले विगत २ बर्ष देखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, विनियम र कार्यविधीमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफ्ती गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएको र न्यूनतम ज्याला/पारिश्रमिकबाट बञ्चित बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेकोले आन्दोलनमा उत्रनु परेको कर्मचारीहरुलेब ताएका छन् ।

फियनका महासचिव हरिराज खरेलका अनुसार आज सबै बैंक तथा वित्तीय संस्थाको कार्यालय अगाडि विरोध प्रदर्शन भएको छ । ‘पहिलो चरणमा हामीले किन जान सक्दैनौं भन्दैछौं भन्ने कुरा बुझाउन ब्यानर राखेर विरोध गरेका छौं, आगामी दिनमा पनि हाम्रो माग सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम घोषणा हुन्छ’ महासचिव खरेलले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?